DG Creation

गृहपृष्ठ मुख्यमन्त्री कप राष्ट्रिय महिला भलिबलको उपाधि कोशी प्रदेशलाई

मुख्यमन्त्री कप राष्ट्रिय महिला भलिबलको उपाधि कोशी प्रदेशलाई

दोस्रो मुख्यमन्त्री कप राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधि कोशी प्रदेशको टोलीले प्राप्त गरेको छ ।

प्रदेश खेलकुद विकास बोर्डद्वारा आयोजित उक्त प्रतियोगिताको आज विराटनगर–९ गुद्रीमा सम्पन्न फाइनल खेलमा कोशी प्रदेशले सुदूरपश्चिम प्रदेशलाई ३–२ सेटले पराजित गर्दै विजयी भएको हो ।

कोशीले पहिलो, दोस्रो र पाँचौँ सेट आफ्नो पक्षमा पारेको थियो । कोशीले पहिलो सेटमा सुदूरपश्चिमलाई २५–२३, दोस्रो सेटमा २५–१८ र पाँचौँ सेटमा १५–१३ ले पराजित गरेको थियो ।

कोशीले उपाधिका साथ नगद रु तीन लाख र ट्रफी प्राप्त गरेको छ । उपविजेता सुदूरपश्चिमले रु एक लाख ५० हजार र ट्रफी प्राप्त गरेको छ ।

तेस्रो स्थान प्राप्त मधेस प्रदेशले रु ७५ हजार र चौथो हुने बागमती प्रदेशले रु ५० हजार नगद पुरस्कार प्राप्त गरेको छ । प्रतियोगितामा उत्कृष्ट खेलाडी कोशी प्रदेशकी सुनिता खड्का, डिफेन्स मोनिका श्रेष्ठ र ब्लकर सुनिता राई भए । त्यसैगरी, उत्कृष्ट सेटर सुदूरपश्चिमकी रेखा ठगुन्ना र सर्भर ऋतिका खडायत भइन् । मधेस प्रदेशकी नेहा चौधरी उत्कृष्ट स्पाइकर घोषित भइन् ।

सामाजिक विकासमन्त्री पाँचकर्ण राई र मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयकी राज्यमन्त्री सिर्जना राईले विजेता एवं उपविजेतालाई ट्रफी र प्रमाणपत्र वितरण गर्नुभएको थियो ।

प्रकाशित समय २१:५९ बजे

प्रतिक्रिया दिनुहोस्

Global
DG Creation