DG Creation

गृहपृष्ठ नेपाल आइडल सिजन ३ को बिजेता बनिन् सज्जा चौलागाईं

नेपाल आइडल सिजन ३ को बिजेता बनिन् सज्जा चौलागाईं

Sajja chaulagain-candles khabar

नेपाल आइडल सिजन–३ को उपाधि सज्जा चौलागाईंले पाएकी छन् । शुक्रबार नेपाल आइडलको स्टुडियोमा भएको ग्राण्ड फिनालेमा सज्जाले उपाधि उचाल्दा फस्ट रनरअप प्रवीण बेडुवाल बने भने सेकेन्ड रनरअपको उपाधि किरणकुमार भुजेलले पाए ।

देर्शकले विश्वभरबाट दिएको भोट र निर्णायकको मूल्यांकनका आधारमा अन्नपूर्ण मिडिया नेटवर्कका अध्यक्ष क्याप्टेन रामेश्वर थापाले नेपाल आइडलको विजेता घोषणा घोषणा गरेका हुन्।

विभिन्न इलिमिनेसन राउन्ड पार गर्दै उत्कृष्ट ३ मा पुगेकामध्येबाट तेस्रो नेपाल आइडल घोषणा भएको हो। एपी वान एचडीबाट हरेक हप्ता बिहीबार र शुक्रबार प्रसारण हुँदै आएको यो रियालिटी सो नेपाली सांगीतिक इतिहासको सर्वाधिक रुचाइएको कार्यक्रम हो।

हजारौंबाट छानिएर उत्कृष्ट ३ मा पर्न सफल भएका उनीहरूले पाएको भोटको आधारमा विजेता बिजेता भएका हुन्। विजेताले ‘नेपाल आइडल-३ को उपाधिसहित ५० लाख रुपैयाँ पुरस्कार प्राप्त गरेका छन् यसैगरी फस्ट रनरअपले १५ लाख र सेकेन्ड रनरअपले पाँच लाख नगद प्राप्त गरेका छन्। अन्य हप्ताको कार्यक्रम जस्तै शुक्रबारको कार्यक्रममा सीमित मानिस र दर्शकको उपस्थितिमा नेपाल आइडल(३ को विजेता घोषणा भएको प्रोजेक्ट हेड सुरेश पौडेलले जानकारी दिए।

प्रकाशित समय २१:५७ बजे

प्रतिक्रिया दिनुहोस्

DG Creation