गृहपृष्ठ “सम्पदा–मैत्री नेतृत्वका लागि मेयर महर्जन ‘एक्सलेन्स अर्बन गभर्नेन्स अवार्ड’बाट सम्मानित”
“सम्पदा–मैत्री नेतृत्वका लागि मेयर महर्जन ‘एक्सलेन्स अर्बन गभर्नेन्स अवार्ड’बाट सम्मानित”
ललितपुर, १७ भदौ: ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जन एक्सलेन्स अर्वान गभर्नेन्स अवार्डबाट सम्मानित हुनुभएको छ।
आफ्नो १७ ओैं बार्षिकोत्सवको अवसरमा सिजन मिडियाले ललितपुरमा सोमबार आयोजना गरेको एसियाली मुलुकका विभिन्न पेशा तथा व्यवसायमा उत्कृष्ट काम गरिरहेका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय व्यक्तित्वहरुको सम्मान कार्यक्रममा आधुनिक विकास र सांस्कृतिक संरक्षणबीच सन्तुलन कायम गर्न नेतृत्व गर्दै ललितपुरलाई वस्न योग्य सम्पदामैत्री शहरका रुपमा विकास गर्न योगदान पुर्याउनु भएबापत एक्सलेन्स अर्वान गभर्नेन्स अवार्डबाट सम्मानित गरिएको सिजन मिडियाका अध्यक्ष प्रदीपराज वन्तले जानकारी गराउनुभयो।
महानगरप्रमुख महर्जनलाई पूर्वप्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अवार्ड प्रदान गर्नुभएको हो।
ललितपुर महानगरपालिकाको प्रमुख पदमा दुई कार्यकाल निर्वाचित हुनुभएका महर्जनले नेपालका ७५३ वटै स्थानीय तहका प्रमुखहरुमध्ये समर्पित, प्रतिवद्ध, इमानदार नेतृत्वका रुपमा।स्थापित भई बढ्दै गरेको आधुनिकीकरणले सांस्कृतिक परम्परालाई क्षति नपुग्ने गरि सांस्कृतिक सम्पदालाई सुरक्षित राख्न विशेष जोड दिँदै आउनुभएको छ।
सन् १९५७ डिसेम्बर १ मा ललितपुरको पुल्चोकमा जन्मिनुभएका महर्जनले बाल्यकालमै पिताको निधनले विभिन्न समस्या भोग्दै सामुदायिक सहयोगमा आफ्नो शिक्षा पूरा गर्नुभयो। त्रिभुवन विश्वविद्यालयबाट वाणिज्य विषयमा स्नातकोत्तर उपाधि हासिल गरेसँगै सामाजिक सेवामा सक्रिय हुनुभएका महर्जनले तत्कालीन ललितपुर नगरपञ्चायतको वडा अध्यक्षबाट राजनीतिक यात्रा सुरु गर्नुभएको थियोे। तीन पटक वडा अध्यक्ष र दुई कार्यकाल नगरप्रमुखको भूमिका निर्वाह गर्ने अवसर पाउनु भएका महर्जनले नेपाली कांग्रेस पार्टीमा आवद्ध रहेर जवाफदेही र जिम्मेवार नागरिक केन्द्रित शासनको पक्षमा काम गर्दै आउनुभएको छ।
उपत्यका मेयर फोरमको अध्यक्ष समेत रहनुभएका ललितपुर महानगरप्रमुख महर्जनले पहिलो कार्यकालमै नेपालकै पहिलो साइकल लेन, स्मार्ट सडक बत्ती, आधुनिक फोहर व्यवस्थापन प्रणाली, बीउ वितरण मेशिन र खानेपानी वितरण मेशिनजस्ता सार्वजनिक सेवामैत्री सेवा सुरु गरेर स्थानीय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रशंसा दिलाउने गरी दिगोपन र समावेशितालाई व्यवहारमा उतार्ने काम गर्नुभयो।
सबै वडामा निःशुल्क पूर्वप्राथमिक शिक्षा, हरित क्षेत्र र पार्क विस्तार, वृक्षरोपण, शुद्ध पानीको सहज पहुँच, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सहकार्यका माध्यमबाट सांस्कृतिक आदान–प्रदान, दिगो विकास, र सम्पदा संरक्षणमा साझेदारी बढाउन जोड दिँदै आउनु भएका महर्जन विनम्र, सालीन र कर्मयोगी नेताका रुपमा स्थापित हुनुहुन्छ।
त्यस्तै, लाइफ टाइम एचिभमेन्ट अवार्डबाट बालकृष्ण श्रेष्ठ, आइकोनिक इन्टरपेजरसीप अवार्डबाट राजेन्द्र मल्ल, एक्सिलेन्स इन न्युरोसाइनेस एण्ड हेल्थकेयर अवार्डबाट डाक्टर बसन्त पन्त, विमन इन विजिनेश लिडरसीप अवार्डबाट ज्योत्स्ना श्रेष्ठ, बैङ्किङ्ग सिइओ अफ दी इयरबाट मनोज ज्ञवाली, विमन इन इनर्जी एक्सिलेन्स अवार्डबाट सुसन कर्माचार्य, भिजिनरी लिडरसीप इन लाइफ इन्स्योरेन्स अवार्डबाट सन्तोष प्रसाईं, अटोमोटिभ विजिनेश एक्सिलेन्स अवार्डबाट मिलनबहादुर मल्ल, आउटस्टायन्डिङ पब्लिक कम्युनिकेटर अवार्डबाट सिवानी थापा बस्न्यात, आउटस्टायन्डिङ जर्नालिजम अवार्डबाट सुशील अर्याल, विमन टुरिजम इन्टरपेनर अवार्डबाट कमला गिरी, आउटस्टायन्डिङ पब्लिक सर्भिस अवार्डबाट शेरबहादुर विसी, युथ विजिनेश लिडरसीप अवार्डबाट डिल्लीराम पंगेनी, म्युजिकल ब्रिलियन्ट अवार्डबाट शिव परियार, एक्सिलेन्स इन फाइनान्स सर्भिस एण्ड डिजिटल इन्नोभेटिभ अवार्डबाट खिलेन्द्र पौडेल, एक्सिलेन्स इन हेयर एण्ड व्युटी केयर अवार्डबाट लक्ष्मी ठाकुर, हेल्थ एन्ड फिटनेस चेन्जमेकर अवार्डबाट सुकदेव कार्की, डिस्टिङ्ग्विष्ट पर्फमेन्ट सिनेमा अवार्डबाट केकी अधिकारी, युथ इन्नोभेटर इन्टरपेनरसीप अवार्डबाट मनोज पौडेल, एक्सिलेन्स इन एभियशन एन्ड हस्पिटालिटी सर्भिस अवार्डबाट सेमन्त श्रेष्ठ र साइन्टिफिक पब्लिसिङ एन्ड इडिटोरियल एक्सिलेन्स अवार्डबाट सुरेश रिजाल सम्मानित हुनुभएको छ।
त्यस्तै एसियाली देशहरूमा चीनका चेन्ग हुआङ पायोनियर फोटोग्राफी एण्ड कल्चर हेरिटेज अवार्डबाट, कम्बोडियाकी लिआङ बोफा विमन विजिनेश लिटरसीप एक्सिलेन्स अवार्डबाट, बंगलादेशका मशियुर रहमन सुमोन एक्सिलेन्ट फोटोग्राफी एण्ड हस्पिटालिटी अवार्डबाट, बंगलादेशकै मोइन्उद्दिन अहमद आउटस्टायन्डिङ फोटोजर्नलिजम अवार्डबाट, मलेसियाका मनिमारन ए/ल सुप्पिअह एक्सिलेन्स इन इन्टरनेशनल विजिनेश एण्ड नेटवर्किङ अवार्डबाट, भुटानका फुन्ट्शो डेन्डुप एक्सिलेन्स इन हेल्थ एण्ड सेप्टी लिटरसीप अवार्डबाट र थाइल्यान्डकी सुकन्या अर्त्री एक्सिलेन्स इन ग्लोबल डान्स एण्ड इन्टरनेन्टमेन्ट अवार्डबाट सम्मानित हुनुभएको छ।
प्रकाशित समय ०८:५८ बजे















