DG Creation

गृहपृष्ठ काठमाडौँको धोबिखोलामा ट्याक्सी खस्यो

काठमाडौँको धोबिखोलामा ट्याक्सी खस्यो

काठमाडौँको अनामनगरस्थित धोबिखोलामा खसेको ट्याक्सी चालकलाई प्रहरीले उद्धार गरेको छ । चितवनको कालिका नगरपालिका–७ घर भएका ३३ वर्षीय उर्गेन लामालाई उद्धार गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एकजना अधिकृतले बताए ।

ललितपुरका एकान्तकुना बस्ने उनी ट्याक्सी लिएर बिजुलीबजार हुँदै एकान्तकुनातर्फ जाँदै थिए । धोबिखोलाले बा.२ ज १७९२ नम्बरको ट्याक्सी केही मिटर बगाएको छ । चालकको अवस्था सामान्य छ ।

प्रकाशित समय २२:१२ बजे

प्रतिक्रिया दिनुहोस्

DG Creation