गृहपृष्ठ एमाले बाहिरियो, प्रचण्ड सरकार अल्पमतमा
एमाले बाहिरियो, प्रचण्ड सरकार अल्पमतमा
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को सरकार अल्पमतमा परेको छ । सत्ताको सबैभन्दा ठूलो दल नेकपा (एमाले)ले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि सरकार अल्पमतमा परेको हो ।
समर्थन फिर्ता लिएसँगै एमालेका मन्त्रीहरूले राजीनामा बुझाएका छन् ।
सोमबार मध्यरातमा संसद्का दुई ठूला दल नेपाली कांग्रेस र एमालेले नयाँ गठबन्धन बनाउने सहमति गरेका थिए । संविधान संशोधनलाई मुख्य एजेन्डा बनाएर दुई दलले गठबन्धनको निर्णयमा पुगेका हुन् ।
त्यसपछि दुवै दलले प्रचण्डलाई सरकारबाट राजीनामा दिएर सहयोग गर्न आग्रह गरेका थिए । तर, प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिने बताएपछि एमालेले सरकालाई दिएको समर्थन फिर्ता लिएको हो ।
अब प्रधानमन्त्री प्रचण्डले ३० दिनभित्र विश्वासको मत लिनुपर्छ ।
प्रधानमन्त्री प्रचण्डले प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको विरोधकै बीच जेठ ७ गते चौथोपटक विश्वासको मत लिएका थिए । त्यतिबेला उनको पक्षमा १५७ मत परेको थियो ।
प्रकाशित समय २०:३२ बजे










