DG Creation

गृहपृष्ठ अनसनरत इन्टर्न चिकित्सक डिल्ली हरिजनको जीवन रक्षा गर्न चिकित्सक संघको माग

अनसनरत इन्टर्न चिकित्सक डिल्ली हरिजनको जीवन रक्षा गर्न चिकित्सक संघको माग

नेपाल चिकित्सक संघले आमरण अनसनमा बसेका इन्टर्न चिकित्सक डिल्ली हरिजनको जीवन रक्षा गर्न सरकारसँग माग गरेको छ।

पारिश्रमिक र श्रमको सम्मानलगायतका विभिन्न माग राखेर हरिजन साउन १९ गतेदेखि अनसनमा बसेका हुन्।

संघले साउन २० गते एक प्रेस विज्ञप्ति जारी गर्दै अनसनरत चिकित्सकका मागमा आफ्नो पूर्ण समर्थन रहेको जनाएको छ। हरिजनले समान कामको समान पारिश्रमिक पाउनुपर्ने मुख्य माग अघि सारेका छन्। यसैगरी, इन्टर्न चिकित्सकको विषयमा यसअघि बनेको कार्यदलले दिएका सिफारिसहरू तत्काल कार्यान्वयन गर्नुपर्ने उनको माग छ। यी सबै मागमा संघले साथ दिएको छ।

इन्टर्न चिकित्सकको हकहितका लागि उठाइएका यी माग जायज भएको संघको ठहर छ। संघका अध्यक्ष डा. बद्री रिजाल र महासचिव डा. विश्वराज दवाडीले जारी गरेको विज्ञप्तिमा इन्टर्न चिकित्सकको आन्दोलनप्रति ऐक्यबद्धता जनाइएको छ।

अनसनरत चिकित्सकको जीवन रक्षाका लागि उठाइएका मागहरू उचित रूपमा सम्बोधन गर्न संघले सरकारलाई दबाब समेत दिएको छ।

 

प्रकाशित समय २२:४६ बजे

प्रतिक्रिया दिनुहोस्

Global
DG Creation