गृहपृष्ठ भक्तपुरमा मास्क नलगाई हिँड्ने ४८ जना पक्राउ
भक्तपुरमा मास्क नलगाई हिँड्ने ४८ जना पक्राउ
भक्तपुरमा मास्क नलगाई घरबाहिर तथा बजारमा हिँड्ने ४८ जनालाई प्रहरीले बुधबार पक्राउ गरेको छ ।
संक्रामक रोग ऐन २०२० अनुसार उनीहरुलाई पक्राउ गरिएको भक्तपुरका प्रहरी नायव उपरीक्षक केदार गिरीले जानकारी दिए ।
गिरीका अनुसार उनीहरुलाई नियन्त्रणमा लिएर प्रति व्यक्ति एक सय रुपैयाँ जरीवना तिराएर छाडिएको हो ।
प्रकाशित समय ०६:४४ बजे















