गृहपृष्ठ सुअरेजको गोलमा बार्सिलोना विजयी
सुअरेजको गोलमा बार्सिलोना विजयी
लुइस सुअरेजले दोस्रो हाफमा गरेको एक मात्र गोल मद्दतमा बार्सिलोनाले स्पानिस ला लिगामा स्पानयोललाई १(० ले पराजित गरेको छ । क्याटलान डर्बी खेलमा बार्सिलोनाले कठिन जितसहित ३ अंक जोडेको हो ।
खेलमा दुवै टिमका एक(एक खेलाडीले रातो कार्ड पाएका थिए । ५०औं मिनेटमा बार्सिलोनका अंशु फाटीले रातो कार्ड पाएका थिए । त्यसको ३ मिनेटपछि स्पानयोलका पोल लोजानोले रातो कार्ड पाएपछि दुवै टोली १० खेलाडीमा झरेका थिए । दुवै खेलाडीलाई भीएआर को सहयोगबाट रातो कार्ड देखाइएको थियो ।
५६औं मिनेटमा लुइस सुअरेजले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाए र उक्त गोल नै निर्णायक बन्दा बार्सिलोनाले ३ अंक जोड्दै शीर्ष स्थानको रियलसँग अंक दुरी १ मा घटाएको छ ।
३५ खेलबाट ७६ अंक जोडेको बार्सिलोनाले उपाधि होडलाई कायमै राखेको छ । एक खेल कम खेलेको रियलको ७७ अंक छ ।
यस्तै ला लिगाकै अर्को खेलमा गेटाफेलाई ३(१ ले पराजित गर्दै भियारियालले चौथो स्थानमा रहने स्मभावनालाई कायमै राखेको छ । जितपछि ३५ खेलबाट ५७ अंक जोड्दै भियारियाल पाँचौ स्थानमा छ । समान खेलबाट ५३ अंकसहित गेटाफे छैटौं स्थानमा छ ।
संक्रामक रोग ऐन २०२० अनुसार उनीहरुलाई पक्राउ गरिएको भक्तपुरका प्रहरी नायव उपरीक्षक केदार गिरीले जानकारी दिए ।
गिरीका अनुसार उनीहरुलाई नियन्त्रणमा लिएर प्रति व्यक्ति एक सय रुपैयाँ जरीवना तिराएर छाडिएको हो ।
प्रकाशित समय ०६:४८ बजे















