गृहपृष्ठ सुदुरपश्चिममा थप २६जनाको कारोना पुष्टि
सुदुरपश्चिममा थप २६जनाको कारोना पुष्टि
सुदुरपश्चिममा थप २६जनाको कारोना पुष्टि भएको छ । बिहीबार धनगढीको सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा थप २६ जनामा कोरोना पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा २ सय ५८ जनाको कोरोना परीक्षण भएकोमा कञ्चनपुरका २१ पुरुष र ५ महिला गरी २६ जनामा संक्रमण पुष्टि भएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठले जानकारी दिए ।
सूचना अधिकारी श्रेष्ठकाअनुसार कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाका १० पुरुष र १ महिला गरी १३, बेल्डाडी नगरपालिकाका ८ पुरुष र बैलौरी नगरपालिकाका ३ पुरुष र २ महिला गरी ५ जनामा कोरोना पुष्टि भएको छ ।
प्रकाशित समय १५:३९ बजे















