DG Creation

गृहपृष्ठ एनबीए खेलाडी रिकीलाई कोरोना पोजेटिभ

एनबीए खेलाडी रिकीलाई कोरोना पोजेटिभ

Nba plear-riki -Candles khabar

अमेरीकी एनबीए टिम फोनिक्स सन्सका खेलाडी रिकी रुबियोलाई कोरोना पोजेटिभ भएको छ ।

रिकी आफैले कोरोना देखिएको खुलासा गरेका हुन । अमेरीकाको आरलान्डोमा भएको पत्रकार सम्मेलनमा उनले यस्तै बताएका हुन । स्पेनमा जन्मिएका रिकीले आफुले सबै नियमको पालना गरेर बसेपनि कोरोना पोजेटिभ देखिएको बताएका छन ।

उनले गत मंगलबारबाट प्रशिक्षण गरेका थिए । तर कोरोना परिक्षणमा पोजेटिभ देखिएपछि उनले प्रशिक्षण रोकेका छन । फोनिक्स टिमका खेलाडीमा कोरोना देखिने उनी दोस्रो खेलाडी हुन । यसअघि आरोन बायनेसमा पनि कोरोना देखिएको थियो ।

टिमका खेलाडी प्रशिक्षणमा फर्किने भएपछि सबै सुविधाहरु बनाएको फोनिक्स टिमले अरु खेलाडीलाई पनि निकै ध्यानमा राखेको छ ।

प्रकाशित समय १६:०७ बजे

प्रतिक्रिया दिनुहोस्

Global
DG Creation