गृहपृष्ठ नेपालमा थप १४७ जनामा कोरोना संक्रमण, १ जनाको मृत्यु
नेपालमा थप १४७ जनामा कोरोना संक्रमण, १ जनाको मृत्यु
बिहीबार नेपालमा १ सय ४७ जनामा कोरोना संक्रमण भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार अहिलेसम्म १८ हजार २४१ जनामा कोरोना संक्रमण भएको छ ।
सक्रिय संक्रमितको संख्या ५ हजार ३ सय ५८ रहेको छ । बिहीबार कोरोना संक्रमणबाट वीरगञ्जमा एक जनाको मृत्यु भएको छ ।
प्रकाशित समय १६:२८ बजे















