DG Creation

गृहपृष्ठ आज शनिवार तपाईंको दिन कस्तो रहला ? यसो भन्छ राशिफल

आज शनिवार तपाईंको दिन कस्तो रहला ? यसो भन्छ राशिफल

rashifal-candles khabar

उपप्राध्यापक नारायणप्रसाद निरौला ज्योतिषाचार्य, वास्तुविद्

श्रीगणेशाय नमः ।। आज विक्रम संवत् २०७७ साल आश्विन महिनाको २४ गते तदनुसार ईशवीय सन् २०२० अन्तर्गत अक्टोवर महिनाको १० तारिख, शनिवार हो । सृष्टिदेखि हालसम्म १,९५,५८,८५१२१ वर्ष व्यतीत भइसकेका छन् । कलिकालको ५१२१औँ वर्षअन्तर्गत श्रीशालिवाहनीय शाके १९४२, तथा नेपाल संवत् ११४० अन्तर्गत प्रमादी नामको संवत्सर चलिरहेको छ ।
सूर्य दक्षिणायनमा छन् । शरद ऋतुअन्तर्गत अधिक आश्विन कृष्णपक्षको अष्टमी तिथि दिवा १२:४१ बजेसम्म रहनेछ । यो महिनाका देवता पद्मनाभ र मासदेवी इषा हुन् । सूर्य कन्या राशिमा र बृहस्पति धनु राशिमा रहेका छन् । पुनर्वसु नक्षत्र राति ९:१० बजेसम्म रहनेछन् । यसैगरी आज शिव योग र कौलव करण रहेका छन् । आज सूर्योदय बिहान ६:०३ मा छ भने सूर्यास्त बेलुका ५:३६ बजे हुनेछ । चन्द्रमा आज कर्कट राशिमा रहेका छन् ।

आजको राशिफल  २०७७ आश्विन २४ गते, शनिवार

मेष राशिः मित्रसुख मिल्नछ । आर्थिक उन्नतिका साथै सुखद् यात्राका योग पनि देखिन्छन् । विद्याको क्षेत्र पनि सबल रहनेछ ।

वृष राशिः व्यवसायमा वृद्धि हुनेछ । भौतिक वस्तुबाट लाभ रहनुका साथै कला मनोरञ्जनका क्षेत्रमा विशेष लगाव रहने देखिन्छ । वित्तीय अवस्था पनि सबल नै रहने देखिन्छ ।

मिथुन राशिः कार्यव्यवसायमा वृद्धि हुनेछ । पारिवारिक सुख मिल्नुका साथै प्राज्ञिक कार्यमा मन जानेछ । धनको क्षेत्र उन्नत नै रहने देखिन्छ ।

कर्कट राशिः खर्चमा वृद्धि हुनसकनेछ । कार्यव्यवधानका अवरोधका साथै स्वास्थ्यमा पनि प्रतिकूलता आनसक्ने देखिन्छ । प्रेम जीवन मध्यम फलदायी रहनेछ ।

सिंह राशिः मित्र पक्ष सबल रहनेछन् । कला मनोरञ्जनमा रुचि जाग्नुका साथै पारिवारक सुख मिल्ने देखिन्छ । कर्म क्षेत्रमा पनि उन्नति हुने योग देखिन्छ ।

कन्या राशिः पराक्रम बढ्नेछ । आर्थिक उन्नतिका साथै व्यवसायमा पनि वृद्धि हुने देखिन्छ । खेल क्षेत्र आज विशेष रुचिकर रहने देखिन्छ ।

तुला राशिः बौद्धिक कार्यमा मजन जानेछ । अध्ययन अध्यापनमा सफलता मिल्न्ुका साथै सुखद् यात्राका योग पनि देखिन्छ । आज धार्मिकार्यमा पनि मन प्रवृत्त हुनेछ ।

वृश्चिक राशिः शत्रुपक्ष सबल रहनेछन् । बोलीमा विकार रहनुका साथै शारीरिक आलश्यताले सताउनुक्ने देखिन्छ । आर्थिक क्षेत्र मध्यम रहनेछ ।

धनु राशिः कान्तिवृद्धि हुनेछ । पारिवारिक सुख मिल्नका साथै व्यवसायमा पनि उन्न्ति हुने देखिन्छ । प्रेम जीवन सुमधुर रहने आजको राशिफल रहेको छ ।

मकर राशिः धनको क्षेत्र मजबुत रहनेछ । नयाँ कार्य व्यवसायमा मन प्रवृत्त हुनुका साथै मित्र मिलनका पनि योग देखिन्छन् । विद्याको क्षेत्र सफल रहनेछ ।

कुम्भ राशिः व्यवसायमा वृद्धि हुनेछ । आर्थिक उन्नतिका साथै पारिवारिक सुख मिल्ने देखिन्छ । चन्द्रमाको अनुकूलताले आजको दिन सुखद् रहनेछ ।

मीन राशिः कार्य क्षेत्रमा संघर्ष गर्नुपर्ने देखिन्छ । व्ययमा वृद्धि हुनुका साथै आर्थिक अस्थिरता पनि रहनसक्नेछ । स्वास्थ्यमा सजग रहनु नै उचित हुनेछ ।

प्रकाशित समय ०५:०१ बजे

प्रतिक्रिया दिनुहोस्

DG Creation