DG Creation

गृहपृष्ठ आइडलकी स्वस्तिकाको आफ्नै गित बजारमा आउँदै

आइडलकी स्वस्तिकाको आफ्नै गित बजारमा आउँदै

Swostika Dhakal-candles khabar

नेपाल आइडल रियालीटी सो मार्फत गायन क्षेत्रमा प्रवेश गरेकी गायीकाले छिनै नै आफ्नै गीत बजारमा ल्याउन लागेकी छिन् ।

स्वस्तिकाको ‘कसले भन्यो तिमीलाई’ बोलको गीत तयार भएको हो ।  चर्चित गीतकार, साहित्यकार तथा सञ्चारकर्मी अमृता नेपालको शब्द र चर्चित संगीतकार अर्जुन पोख्रेलको संगीतमा गीत तयार भएको हो । गीतलाई रिदम कँडेलले एरेञ्ज गरेका हुन् । गीतको म्यूजिक भिडियोमा स्वस्तिकाकै फिचरिङ गरिएको छ । अनिश आयु बाबाको छायाँकनमा तयार भएको म्यूजिक भिडियोलाई स्वस्तिकाले नै निर्देशन गरेकी हुन् । भिडियोको सम्पादन सुशिल र सेशाले गरेका छन् ।

आफ्नो पहिलो अफिसियल गीत तयार भएको र अब छिटैनै बजारमा आउने उनले बताएकी छिन् । उनले भनेकी छिन् अब प्रतिक्षाको घडी समाप्त हुँदैछ , उनि भन्छिन् यहि साउन १२ गते सार्वजनिक हुने  छ ।

प्रकाशित समय १६:२८ बजे

प्रतिक्रिया दिनुहोस्

DG Creation