गृहपृष्ठ नेकपा बैठक लगातार सातौं पटक स्थगित
नेकपा बैठक लगातार सातौं पटक स्थगित
नेपाल कम्युनिस्ट पार्टी नेकपाको स्थायी कमिटी बैठक फेरि स्थगित भएको छ ।
आइतबार दिउँसो ३ बजे बस्ने तय भएको बैठक साउन ६ गते विहान ११ बजे बस्ने गरी स्थगित भएको हो । स्थायी कमिटी बैठक यसअघि ६ पटकसम्म स्थगित भइसकेको छ । यसअघि शनिबार बसेको पार्टीको सचिवालय बैठकमा पार्टीको महाधिवेशन मंसिरमा गर्ने प्रस्ताव आएपछि नेकपाको विवाद नयाँ मोडमा पुगेको छ ।
असार १० गते सुरु भएको स्थायी कमिटी बैठकमा प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष ओलीको राजीनामाको विषय उठेसँगै बैठक प्रभावित हुंदै आएको छ । विवादपछि अध्यक्षद्वय केपी ओली र पुष्प कमल दाहाल प्रचण्डबीच पटक पटक छलफल भएपनि सहमति भने जुट्न सकेको छैन ।
प्रकाशित समय २२:२२ बजे















