गृहपृष्ठ नाष्ट ले ल्यायो स्वाब संकलन नयाँ तरिका शसस्त्र प्रहरी बललाई हस्तान्तरण
नाष्ट ले ल्यायो स्वाब संकलन नयाँ तरिका शसस्त्र प्रहरी बललाई हस्तान्तरण
शुक्रबार नाष्टको कार्यालय ललितपुरमा आयोजित एक कार्यक्रमकाबीच स्वाब संकलन गर्ने प्रविधिको एक सेट शसस्त्र प्रहरी बललाई प्रदान गरेको हो ।
नाष्ट कार्यालयमा सचिव डा.महेशकुमार अधिकारीले शसस्त्र प्रहरी अस्पतालका प्रहरी उपरीक्षक डा. शैलेन्द्र दुवाल श्रेष्ठलाई हस्तान्तरण गरेका छन् । विश्वव्यापी रूपमा फैलिरहेको कोभिड– १९ महामारीको सङ्क्रमणले बिरामीबाट चिकित्सकलाई सजिलै जोगाउन नाष्टले उक्त प्रविधि निर्माण गरेको हो । कोरोना प्रभावित व्यक्ति र चिकित्सकबीच स्वाब संकलन गर्दा बढ्ने सक्ने खतरालाई अन्त्य गर्न यस प्रविधिले निकै सहयोग नाष्टले जनाएको छ ।
यस भेहिकल प्रविधिमा पिपिई ग्लोब्स, पोजिटिभ प्रेसर च्याम्बर, भाइरस फिल्टर गर्ने प्रविधि र आइस बक्सलगायत आवश्यक वस्तु जडान गरिएको नाष्टका बरिष्ठ प्राविधिक अधिकृत शंकर ढकालले बताए। सो प्रविधि स्वास्थ्य जोखिमलाई मध्यनजर गर्दै निकै सुरक्षित बनाइएकाले स्वाब संकलन गर्ने व्यक्तिले पिपिइ लगाउनु नपर्ने उनले बताए ।
भेहिकलबाट संकलित स्वाब भने त्यसभित्र रहेको आइस बक्समा राखिनेछ । बक्समा राखिएको स्वाब परीक्षणका लागि प्रयोगशाला पठाइन्छ । स्वाब संकलन गर्ने कार्यसकिएपछि उक्त प्रविधि राखिएको गाडीलाई पूर्ण रुपमा निर्मलिकरण गर्न सकिने व्यवस्था पनि गरिएको छ ।
प्रकाशित समय २०:०२ बजे















