गृहपृष्ठ ललितपुर झडपमा १८ कोरोना संक्रमित रहेको पुष्टि, को हुन् र अब के हुन्छ ?
ललितपुर झडपमा १८ कोरोना संक्रमित रहेको पुष्टि, को हुन् र अब के हुन्छ ?
हिजो (बिहीवार) पुल्चोकमा भएको झडपमा रहेका १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । १८ जनै झडप नियन्त्रणमा खटिएका प्रहरीहरू हुन् ।
शुक्रबार काठमाडौं उपत्यकामा कार्यरत ५६ प्रहरीमा कोरोना भाइरसको संक्रमण भएकोपुष्टि भएको हो । संक्रमित हुनेमा बिहीबार ललितपुरको पुल्चोकमा भएको झडप नियन्त्रणमा खटिएका १८ प्रहरी समेत रहेको खुलेको हो ।
भिड नियन्त्रण गर्न खटिएका ललितपुर प्रहरी परिसर र सातदोबाटोका १८ जनामा संक्रमण पुष्टि भएको जनाइएको छ ।
कोरोना परीक्षणका लागि स्वाब दिएपछि आइसोलेसन बस्नुपर्ने नियम बनाएको छ । तर ती प्रहरीलाई स्वाब दिएपछि पनि भिड नियन्त्रणमा खटाएको पाइएको छ ।
रातो मत्स्येन्द्रनाथको रथ स्वस्फूर्त तान्न खोज्ने युवालाई प्रहरीले रोक्न खोज्दा झडप भएको थियो । झडप नियन्त्रणका लागि प्रहरी खटिएको थियो । सोहीमध्येका १८ प्रहरीमा संक्रमण देखिएको हो ।
त्यहाँ खटिएका प्रहरीमा संक्रमण भएपछि उनीहरूबाट अरूमा पनि संक्रमण फैलिएको हुनसक्ने आशंका गरिएको छ । सामान्य अवस्थामा कोरोना संक्रमितको कन्ट्याक्ट ट्रासिंग हुन्छ तर, पुल्चोकको झडप र ठूलो भिडको कन्ट्याक ट्रासिंग भने अब, के होला भन्ने प्रश्न उठेको छ ।
यस्तै ललितपुर ट्राफिक प्रहरी कार्यालयका १५ जना, महानगरीय प्रहरी परिसर, काठमाडौंका १५ प्रहरी र महानगरीय प्रहरी कार्यालय, रानीपोखरीका ८ जनामा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।
प्रकाशित समय २०:०६ बजे















