DG Creation

गृहपृष्ठ कुलमानलाई दोहोर्याउने मन्त्रिस्तरिय निर्णय

कुलमानलाई दोहोर्याउने मन्त्रिस्तरिय निर्णय

Kulman Ghising, Nepal Electricity Authority Interview with Kulman Ghising, Managing director of Nepal Electricity Authority at Ratnapark in Kathmandu on Sunday, September 25, 2016. PHOTO: Balkrishna Thapa Chhetri/THT

नेपाल विद्युत प्राधिकरणका कार्यकारी प्रमुख कुलमान घिसिङलाई निरन्तरता दिने मन्त्रीस्तरिय निर्णय भएको छ । विभागीय मन्त्री उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री वर्षमान पुनले घिसिङलाई निरन्तरता दिने प्रस्ताव तयार पारेका छन् ।

मन्त्रीस्तरिय निर्णयबाट तयार उक्त प्रस्तावमाथि अब बस्ने मन्त्रिपरिषदको बैठकमा छलफल हुनेछ ।

यही भदौ २९ गतेबाट घिसिङको कार्यकाल सकिँदैछ । प्रधानमन्त्री केपी शर्मा ओली पनि उनलाई निरन्तरता दिन सकारात्मक देखिएका जनाइएको छ ।

स्रोतकाअनुसार उर्जामन्त्री पुनले यसअघि घिसिङको बारेमा नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग पनि परामर्श गरेका थिए।

दाहाल त सुरुदेखि नै घिसिङलाई नै उक्त पदमा निरन्तरता दिनुपर्ने पक्षमा छन् ।

पुनले पनि दाहालकै निर्देशनबमोजिम घिसिङलाई निरन्तरता दिनेगरि प्रस्ताव तयार पारेका हुन् ।

प्रकाशित समय २०:४९ बजे

प्रतिक्रिया दिनुहोस्

DG Creation