गृहपृष्ठ कला साहित्य
आख्यानकार सुमन वर्षाको कथाकृति ‘अभ्यन्तर’ नेपाल प्रज्ञाप्रतिष्ठानमा एक कार्यक्रमबिच सार्वजनिक भएको छ। प्रमुख अतिथि प्रा. डा. अभि सुवेदीले कथाकार सुमन वर्षाको कथाकारिताबारे चर्चा गर्दै उनको कथालेखन एक विशिष्ट खालको रहेको र कथामा उनले नयाँ विषयलाई ल्याउने प्रयास स्तुत्य रहेको बताए।...
बर्दघाट सुस्तापश्चिम (नवलपरासी), २३ भदौ : नवलपरासीको पाल्हीनन्दन गाउँपालिकामा बसोबास रहेको प्रजापति समुदायले पछिल्लो समय माटाका भाँडा बनाउन छाडेको छ । दाउराको मूल्य बढेपछि प्रजापति समुदायले माटाका भाँडा दियो, गाग्री, घोलक, गमलालगायत बनाउन छाडेका हुन् । प्रजापति समुदाय माटाका भाँडा...
काठमाडौँ, २१ भदौः पाँच खण्डमा विभक्त नेवाः सांस्कृतिक ज्ञानकोश आज यहाँ सार्वजनिक गरिएको छ । पाँच विधाका ती पुस्तकहरू नेपाल भाषा एकेडेमी र काठमाडौँ महानगरपालिकाद्वारा संयुक्त रूपमा प्रकाशन गरिएका हुन् । नेवाः पहिचान खण्डको संयोजकमा शाक्य सुरेन तथा डा पुष्पराज...
लिम्बू समुदायको ऐतिहासिक धान नाचलाई उजागर गर्न ताप्लेजुङ सदरमुकाम फुङ्लिङको तोक्मेडाँडामा ‘ताक्वाचङ तक्मा याराक्मा तेन’ नामक धाननाच स्तम्भ निर्माण गरिने भएको छ । किरात याक्थुङ चुम्लुङको पहलमा सो स्तम्भ निर्माण गर्न लागिएको हो । धाननाच लिम्बू समुदायको परम्परागत संस्कृति हो...
प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली भाषा, साहित्य र कलाको क्षेत्रमा योगदान गर्नुभएका विभिन्न व्यक्तिलाई छिन्नलता पुरस्कार प्रदान गर्नुभएको छ । गीतकार रमोलादेवी शाह ‘छिन्नलता’ को १०२औँ जन्मजयन्तीका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा प्रधानमन्त्रीले २०७९ र २०८० सालका पुरस्कार प्रदान गर्नुभएको...
सभामुख देवराज घिमिरेले नेपाली साहित्यको महत्वलाई दर्शाउँदै साहित्यलाई अगाडि बढाउँदै गर्दा त्यसले राष्ट्रलाई अगाडि बढाउने विश्वास व्यक्त गर्नुभएको छ । आदिकवि भानुभक्त आचार्यको २११औँ जन्म जयन्तीको अवसरमा नेपाल प्रज्ञा प्रतिष्ठान र भानु प्रतिष्ठानले यहाँ आज आयोजना गरेको कार्यक्रममा उहाँले नेपाल...
चौबिसे राज्यका पालाको लमजुङ दरबार पुनःनिर्माण भइरहेको छ । सोह्रौँ शताब्दीमा बनेको जिकिर गरिएको उक्त दरबार जीर्ण भएपछि पुरातत्व विभागले दुई वर्षअघि पुनःनिर्माण थालेको थियो । विभागका इन्जिनियर गोविन्द अधिकारीका अनुसार दरबार पुनःनिर्माणमा झण्डै ७० प्रतिशत भौतिक प्रगति भएको छ...
बङ्गलादेशबाट बढीभन्दा बढी पर्यटक नेपाल भित्र्याउने उद्देश्यले त्यहाँ नेपालको पर्यटन प्रवर्द्धन गरिएको छ । पर्यटन प्रवर्द्धनका लागि बङ्गलादेश गएको होटल सङ्घ नेपालको प्रतिनिधिमण्डलले त्यहाँका एक सयभन्दा बढी ट्राभल, टूर पर्यटन व्यवसायीसँग बीटूबी मिटिङका साथै छिमेकको उपयुक्त पर्यटकीय गन्तव्यको रुपमा नेपालको...
नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको १६औँ प्राज्ञसभा आज सम्पन्न भएको छ । आज यहाँ आयोजित प्रज्ञासभामा प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले संस्थागत नीति, नियम र मानवीय संशाधन विकासका लागि सामूहिक जिम्मेवारीलाई जोड्न आवश्यक रहेको बताउनुभयो । नेपालका ऐतिहासिक, सांस्कृतिक विरासतलाई जोड्दै पहिचान, पहल...
गण्डकी प्रदेशका सामाजिक विकास तथा स्वास्थ्यमन्त्री विन्दुकुमार थापाले देशका कला, संस्कृतिलाई पर्यटनसँग जोड्नुपर्ने बताउनुुभएको छ ।गण्डकी प्रज्ञा प्रतिष्ठानको सातौँ पूर्ण बैठकको उद्घाटन गर्दै आज उहाँले कला, संस्कृति देशको पहिचान भएको र यसलाई पर्यटनसँग जोडेर लाभ लिनुपर्ने बताउनुभयो । नयाँ पुस्तालाई...
वरिष्ठ पत्रकार हरिविनोद अधिकारीद्वारा लिखित पौराणिक उपन्यास ‘कुन्ती’ विमोचन गरिएको छ । राजधानीमा शुक्रबार आयोजित एक कार्यक्रमबीच साहित्यकार डा नवराज लम्साल, डा गोविन्द भट्टराई, समालोचक ज्ञानु अधिकारी, प्राध्यापक विष्णु राई, सर्वोच्च अदालतका पूर्वन्यायाधीश गिरिशचन्द्र लाल तथा पत्रकार तारानाथ दाहालले सामूहिकरुपमा...
भक्तपुरको लोकन्थलीकी राजमाया हेक्कालाई ढुङ्गेधारामा कलकल बगेको पानी अँजुलीमा थापेर खाएको सम्झँदा अहिले सपनाजस्तै लाग्छ । उमेरले ७५ नाघेकी राजमाया भन्नुहुन्छ, “धारामा चौबिसै घण्टा सफा पानी आउँथ्यो । धारामै थापेर पिउँथ्यौँ । अहिले त त्यस्ता ढुङ्गेधारा नै छैनन्, भएकामा पनि...









