गृहपृष्ठ प्रदेश
विसं २०७९ चैतदेखि निर्माण थालिएको पोखरा महानगरपालिका–२७ तालचोकदेखि वडा नं ३१ बेगनास जोड्ने चार लेन सडकको हालसम्मको भौतिक प्रगति जम्मा २५ प्रतिशत पुगेको छ । यसै वर्ष निर्माण सम्पन्न गर्ने लक्ष्य लिइएपनि निर्माण कम्पनीको ढिलासुस्तीका कारण उक्त सडक आयोजनाले गति...
“गाउँमा हुर्के बढेका नानीबाबुहरु देशविदेश गए, यहीँ स्कुल पढेका केही डाक्टर पनि भए । अहिले न त विद्यालयमा विद्यार्थी छन् न त गाउँमा मानिस नै, गाउँ बूढाबूढीले भरिएको छ”, जैमिनी नगरपालिका–४ सर्कुवाकाका सुशीलाकुमारी शर्माले दुखेसो पोख्नुभयो । उहाँका अनुसार जैमिनीको...
गौतमबुद्धको मावली कोलीय गणराज्यको दरबार क्षेत्र दाबी गर्दै आइएको रुपन्देहीको देवदहस्थित खयरडाँडामा प्राचीन इनार फेला परेको छ । देवदह नगरपालिकाको आर्थिक सहयोगमा लुम्बिनी विकास कोष, पुरातत्व विभागले यही जेठ १६ गतेदेखि उत्खननका क्रममा इँटाबाट निर्मित दुई मिटर चौडाइ र साढे...
मधेस प्रदेश नयाँ सरकार गठनका लागि आह्वान गरेको समय आज सकिँदै छ । बुधबार मुख्यमन्त्री सरोजकुमार यादवले विश्वासको मत नपाएपछि प्रदेश प्रमुख सुमित्रा भण्डारीले भण्डारीले नयाँ सरकार गठनको आह्वान गरेकी थिइन् । प्रदेश प्रमुखको कार्यालयले विज्ञप्ति जारी गरी संविधानको धारा...
सुदूरपश्चिम प्रदेशसभाको आजको बैठकले प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८१/८२ को वार्षिक नीति तथा कार्यक्रम पारित गरेको छ । बैठकमा आगामी आव २०८१/८२ को वार्षिक नीति कार्यक्रम माथि छलफलपश्चात् सर्वसम्मतिले पारित गरेको हो । छलफलपछि सभामुख भीमबहादुर भण्डारीले नीति तथा...
मन्त्रालय भागबण्डा नमिल्दा मधेशको मुख्यमन्त्रीमा दाबी पेश ढिलाइ भएको छ । नेकपा एमाले, माओवादी र एकीकृत समाजवादी जनमत पार्टीको नेतृत्वमा सरकार बनाउन सहमत भइसकेका छन् । जनमत पार्टीले प्रदेश सांसद सतिश सिंहलाई मुख्यमन्त्री बनाउने निर्णय गरिसकेको छ । तर, मन्त्रालय...
यस वर्षको मनसुनमा जिल्लामा ४२ हजारभन्दा बढी मानिस बाढी र डुबानको समस्याबाट प्रभावित हुनसक्ने प्रक्षेपण गरिएको छ । जिल्ला विपद् व्यवस्थापन समितिले तयार पारेको जिल्ला विपद् प्रतिकार्य योजना २०८१ अनुसार करिब ४२ हजार मानिस बाढी र डुवानबाट प्रभावित हुने अनुमान...
जनता समाजवादी पार्टी(जसपा)नेपालको प्रथम महाधिवेशनको तयारी तीव्र पारिएको छ । यही जेठ २७ गते जनकपुरधामको तिरहुतिया गाछीमा महाधिवेशन उद्घघाटन कार्यक्रम रहेको छ । तीन दिनसम्म चल्ने महाधिवेशनका लागि तिरहुतिया गाछीमा निर्माण गरिएको विशाल पण्डाललाई हुरीले भत्काएपछि पुनःनिर्माणको कार्य सुरु भइसकेको...
जनमत पार्टीले मधेस प्रदेशको मुख्यमन्त्रीमा सतिश सिंहलाई अघि सार्ने निर्णय भएको छ। बिहीबार बसेको पार्टीको बैठकले मुख्यमन्त्रीमा सिंहलाई अघि सार्ने निर्णय गरेको राष्ट्रिय सचिव बीपी साहले जानकारी दिए। मुख्यमन्त्री सरोजकुमार यादवले विश्वासको मत नपाएपछि बुधबारबाट पदमुक्त भएका छन्। लगत्तै प्रदेश...
जाजरकोटमा भूकम्प गएको छ । आज बिहान ७ः३८ बजे भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । केन्द्रका अनुसार ३.८ म्याग्निच्युडको भूकम्प गएको हो ।...
सरोज यादव नेतृत्वको सरकार ढलेपछि मधेस प्रदेशकी प्रदेश प्रमुख सुमित्रा भण्डारीले नयाँ सरकार गठनका लागि आह्वान गरेकी छन्। बुधबार राति प्रदेश प्रमुख भण्डारीले नयाँ सरकार गठनको आह्वान गरेकी हुन्। प्रदेश प्रमुखको कार्यालयका निमित्त सचिव शत्रुधन यादवले विज्ञप्ति जारी गरी प्रदेश...
आज ज्येष्ठ कृष्णपक्षको आमावस्या । मिथिलाका नारी (मिथिलानी) वर र पीपलको श्रद्धाभक्तिपूर्वक पूजाआराधनाका साथ पतिको दीर्घ जीवन र सुस्वास्थ्यको कामना गर्दै वटसावित्री पर्व मनाउँदैछन् । वटसावित्री पर्वलाई स्थानीय भाषामा ‘वसराइत पावइन’ पनि भनिन्छ । वटवृक्ष भएका स्थानमा जम्मा भएर मनाइने...









