गृहपृष्ठ बिहान खाली पेटमा पानी पिउनुका फाइदै फाइदा
बिहान खाली पेटमा पानी पिउनुका फाइदै फाइदा
शरीरलाई स्वस्थ र तन्दुरुस्त राख्न पानीले अहम भूमिका निर्वाह गरिरहेको हुन्छ। पानीले शरीरका विभिन्न अंगको रक्षा मात्र गर्दैन, यस कोशिकाहरूसम्म पोषक तत्व र अक्सिजन पुर्याउने काम पनि गर्छ। बिहान उठ्दा शरीरलाई पानीको अत्यधिक आवश्यकता हुन्छ। त्यसैले उठ्नेबित्तिकै दुईरतीन गिलास पानी खानुपर्छ। बिहान खाली पेट पानी खानुका यस्ता छन् फाइदा
शरीरलाई स्वस्थ र तन्दुरुस्त राख्न पानीले अहम भूमिका निर्वाह गरिरहेको हुन्छ। पानीले शरीरका विभिन्न अंगको रक्षा मात्र गर्दैन, यस कोशिकाहरूसम्म पोषक तत्व र अक्सिजन पुर्याउने काम पनि गर्छ। बिहान उठ्दा शरीरलाई पानीको अत्यधिक आवश्यकता हुन्छ।त्यसैले उठ्नेबित्तिकै दुईरतीन गिलास पानी खानुपर्छ।
बिहान खाली पेट पानी खानुका यस्ता छन् फाइदा :
–बिहान पानी खाँदा शरीरमा विद्यमान विषालु पदार्थ बाहिर निस्कन्छ र रगत सफा हुन्छ। रगत सफा भए छाला चम्किलो बन्छ।
–पानीले शरीरको इन्फेक्सनसँग लड्ने क्षमता बढाउँछ। जापानी मेडिकल सोसाइटीका अनुसार खाली पेट पानी खाँदा टाउको दुख्ने, जीउ दुख्ने, मुटुसम्बन्धी रोग, टीबी, मिर्गौलासम्बन्धी रोग, मधुमेह, कब्जियतलगायत विभिन्न रोगको उपचारमा मद्दत मिल्छ।
–बिहान खाली पेट पानी खाँदा यसले वजन घटाउन पनि सहयोग पुर्याउँछ।पानीले नयाँ कोशिका निर्माण गर्न मद्दत गर्छ भने मांसपेशीलाई पनि बलियो बनाउँछ।
प्रकाशित समय २२:३८ बजे















