गृहपृष्ठ कोरोनाअघि क्याम्पसबाट फर्किएकी छोरी कसरी भइन् गर्भवती ?
कोरोनाअघि क्याम्पसबाट फर्किएकी छोरी कसरी भइन् गर्भवती ?
कोरोना भाइरसका कारण लकडाउन सुरु भएपछि कलेज पढ्ने युवती घर फर्किइन् । त्यसपछि घरमा बसेकी छोरीको पेट बढ्दै गएपछि परिवारका सदस्यले पनि उनी गर्भवती भएको थाहा पाए ।
केही दिनसम्म गाउँका मान्छेले थाहा नपाउन् भनेर छोरीलाई कोठामा नै बन्द गरेर राखे । बाबुआमाले छोरीलाई गर्भपतन गराउन आग्रह गरेपछि छोरीले अस्वीकार गरिन् ।
त्यसपछि बाबुआमाले छोरीको हत्या गरे । भारतको तेलंगनाको गदवल जिल्लाको कालुकुन्तला गाउँको घटना हो, यो । आन्ध्र प्रदेशको कुर्नुलमा डिग्री गरिरहेकी युवती लकडाउन लागेपछि घर फर्किएकी थिइन् ।
घर आएकी छोरी गर्भवती देखिएपछि समाजमा आफ्नो इज्जत जाने डरले लुकाउन खोजेपनि नसकेपछि छोरीकै हत्या गरेका हुन् । अर्को कुरा युवतीले जुन केटाको गर्भ बोकेकी थिइन्, ति युवक फरक जातिका थिए ।
शनिबार बाबु भास्करायले आफ्नी पत्नीसँग मिलेर छोरीको हत्या गरे । त्यसपछि स्वास्थ्यका कारण उनको मृत्यु भएको खबर फैलाए । अन्तिम संस्कारको तयारी भइरहेका बेला शंका लागेर कसैले प्रहरीलाई खबर गरिदिए ।
प्रहरीले स्थानीय पञ्चसँग सल्लाह गरेर अन्तिम संस्कार रोके र पोस्ट मार्टमका लागि पठाए । पोस्टमार्टमपछि युवतीको हत्या भएको पुष्टि भएको हो ।
प्रकाशित समय २३:१७ बजे















