गृहपृष्ठ ‘प्रहरी–समुदाय साझेदारी’ मा चन्द्रागिरि नगरपालिका उत्कृष्ट
‘प्रहरी–समुदाय साझेदारी’ मा चन्द्रागिरि नगरपालिका उत्कृष्ट
नेपाल प्रहरीले शुरु गरेको ‘समुदाय–प्रहरी साझेदारी कार्यक्रम’ कार्यान्वयनमा चन्द्रागिरि नगरपालिका उत्कृष्ट भएको छ ।
प्रहरीले २०७५ कात्तिक ११ देखि शुरु गरेको ‘समुदाय–प्रहरी साझेदारी कार्यक्रम कार्यान्वयनमा काठमाडौँको चन्द्रागिरि नगरपालिका देशभरका स्थानीय तहमध्ये उत्कृष्ट भएको हो । देशभर ७५३ स्थानीय तह रहेका छन् ।
आज ६५ औँ प्रहरी दिवसका अवसरमा प्रहरी प्रधान कार्यालयमा आयोजित कार्यक्रममा प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले नगरपालिकाका प्रमुख घनश्याम गिरीलाई पुरस्कारसहित सम्मान गरेका हुन् ।
प्रकाशित समय २२:३७ बजे















