गृहपृष्ठ यसरी सडकमा प्लेन गुड्यपछि… (फोटोफिचर)
यसरी सडकमा प्लेन गुड्यपछि… (फोटोफिचर)
काठमाडौंको सडकमा जहाज गुड्यो भन्दा तपाईलाई आश्चर्य लाग्ला । तर, शनिवार साँझ काठमाडौंको सडकमा जहाज गुडेको छ ।
कोरोनाको महामारीले यातायातका साधन त्यसै त कम नै चलेको छ, आज शनिवारको दिन झनै कम सवारी साधन गुडेको छ ।
साँझ परेको बेला काठमाडौंको एयरपोर्टबाट एउटा जहाज सडकै सडक मुख्य सडकमा निस्किएको छ ।




काठमाडौंको एयरपोर्टबाट निस्किएको जहाज तिनकुने आइपुगेको छ । गाडी गुड्ने सडकमा जहाज गुडेपछि प्रत्यक्षदर्शीहरु आश्चर्यमा परेका छन् ।
तर यो विमान कुनै आपतकालीन रुपमा सडकमा अवतरण भने गरिएको होइन रहेछ । यो त त्रिभुवन विमानस्थलमा थन्किएको नेपाली सेनाको एभ्रो विमानलाई नारायणहिटीमा राख्न लगिएको रहेछ ।
विमानस्थलबाट नारायणहिटीसम्म लैजाने विमानको पखेटा निकालिएको थियो भने अगाडीबाट गाडीले तानेको थियो । तीनकुनेमा रेलिङमा पछाडिको भाग ठोक्किएपछि केहीबेर नेपाली सेना र ट्राफिक पप्रहरीलाई सास्ती पनि भयो ।
त्रिभुवन विमानस्थल कार्यालयका प्रमुख देवेन्द्र केसीका अनुसार सो विमान विमानस्थलबाट संग्राहलयमा लैजान सेनालाई अनुमति दिइएको थियो । गत वर्ष नै रक्षा मन्त्रालयले पूर्वराजाहरुले प्रयोग गरेका विमान र हेलिकोप्टर नारायणहिटी संग्राहलयमा राख्ने निर्णय गरेको थियो ।
यो विमान वि। सं। २०३१ मा नेपाल ल्याइएको थियो । यो विमान राजा वीरेन्द्रले आफ्ना भ्रमणहरुमा प्रयोग गर्ने गरेका थिए ।
यसअघि नै राजा वीरेन्द्रले प्रयोग गरेका हेलीकोप्टोर संग्राहलयमा लगिसकिएको संग्राहलयका प्रमुख भेषनारायण दहालले बताए ।
उनका अनुसार यो एभ्रो विमानलाई संग्राहलयभित्रको ‘बदाम चौर’मा राखिने छ । आवश्यक तयारीपछि सर्वसाधारणले पनि यसको अवलोकन गर्न पाउनेछन् ।
प्रकाशित समय २३:२६ बजे
















