गृहपृष्ठ श्रममा कोरोना कहर : म्यानपावरलाई राहत, कामदारलाई आहत
श्रममा कोरोना कहर : म्यानपावरलाई राहत, कामदारलाई आहत
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वर राय यादवले देशविदेशमा रोजगारीमा कार्यरत कामदारका समस्या समाधान गर्न खासै वास्ता नगरेको आरोप कामदारहरूले लगाएका छन् ।
विदेशमा कोरोना भाइरसका कारण समस्यामा परेका कामदारहरूले उद्धारका लागि श्रम मन्त्रालयसँग गुहार मागिरहँदा पनि श्रममन्त्री यादवले खासै चासो नदिएको विदेशमा अलपत्र परेका नेपाली कामदार र श्रम मन्त्रालयका कर्मचारीहरूले नै बताइरहेका छन् ।
श्रममन्त्री यादवले कामदारको उद्धारका लागि श्रम मन्त्रालयले तयार पारेर मन्त्रिपरिषदमा पेस भएर पारित भएको उद्धार निर्देशिका कार्यान्वयन गर्न पहल नगरेको उनीहरूको आरोप छ । उद्धार निर्देशिका समयमा कार्यान्वयन नहुँदा विदेशमा अलपत्र नेपाली कामदारको उद्धार कार्यमा ढिलाइ भएको मन्त्रालयकै एक कर्मचारी बताँउछन् ।
श्रममन्त्री यादवले कोरोना भाइरसका कारण विदेशमा रोजगारी गुमाएर बसेका, अवैध रूपमा बसेका र अन्य कारणले अलपत्र अवस्थामा रहेका कामदारलाई उद्धार गर्न चासो नदिएको आरोप कामदारले लगाउँदै आएका छन् ।
प्रकाशित समय २३:२४ बजे















