गृहपृष्ठ मर्निङ्वाक र गर्मी छल्न जाउन हजुर झोलुङ्गे पुलमा
मर्निङ्वाक र गर्मी छल्न जाउन हजुर झोलुङ्गे पुलमा
बन्दाबन्दीको कारण देशका महत्वपूर्ण पर्यटकीय क्षेत्रहरु सुनसान छन्। स्वदेशी तथा विदेशीहरुको पहिलो रोजाईमा पर्ने आकर्षक पर्यटकीय गन्तव्यमा पर्यटकको चहलपहल छैन ।
अधिकांश स्थानमा मानिसहरुको चलहलपहल कम भए पनि बागलुङ–पर्वत जोड्ने नेपालकै लामो झोलुङ्गे पुल आसपासको क्षेत्र हरेक दिन अवलोकनकर्ताहरुले भरिभराउ हुन थालेको छ ।

शालिग्राम शीलाको लागि प्रख्यात कालीगगण्डकी नदीमाथि निर्माण भएको ५७६ मिटर लामो झोलुङ्गे पुल साउन १६ गतेदेखि सर्वसाधारणलाई खुला गरे पछि आन्तरिक पर्यटकहरु पुल अवलोकनका लागि आउने क्रमजारी छ ।
भदौ ३ गतेदेखि १७ गतेसम्म बागलुङ बजारमाजारी गरेको निषेधाज्ञा खुलाभए लगतै पुल तर्ने, फोटो खिच्ने र गर्मी छल्न डाडा काँडा पुगनेहरुको लर्को लाग्नथालेको हो ।






‘पुल नबन्दा हाम्रो गाउँ सुनसान थियो’ पर्वत पाङ्गका ६१ बर्षिय सिद्धिमान परियारले भने–‘अहिले त विहान, बेलुकी दिउँसो जतिबेला पनि मेला लागे जस्तो भएको छ ।’
बागलुङबाट जाने अवलोकनकर्ताहरुले अदुवावारी, पाङ्गको समथर भागमा रहेका प्लास, कालीगण्डकी नदी, बागलुङ बजार आउने गरी फोटो खिच्ने, पाङ्गको ढिकमा गएर चिसो हावामागर्मी छल्ने गरेको परियारको भनाई छ । ‘जिन्दगीमा पहिलो पटक हाम्रो गाउँमा यति धेरै चहलपहल छ’ उनले भने–‘बजारबाट सामन ल्याउन, लैजान पनि साह्रै सजिलो भएको छ ।
प्रकाशित समय १२:०७ बजे















